आदरणिय अभिभावकहरुज्यू,

सर्वप्रथम सबैमा स्वस्थ र सुरक्षित हुनुहुन्छ भन्ने आशा राख्दछु । वर्तमान अवस्थालाई ध्यानमा राख्दै हामीले कक्षा २ देखि १० सम्म Online Class विभिन्न सञ्चार माध्यमको मद्यतले  मिति २०७७।०१।२१ (3rd May, 2020)  र कक्षा १ को मिति २०७७।०१।२४ (6th May, 2020) देखि शुरु गर्न गईराखेका छौं । प्रत्येक दिन हाम्रा शिक्षकहरुले प्रत्यक्ष रुपमा दैनिक गृहकार्य, पाठहरु Online मार्फत नै दिनुहुनाका साथै विद्यालयको वेबसाइटमा पनि गृहकार्य  राखिनेछ । यसले गर्दा नानीहरुले घरमा नै बसेर पढाइलाई निन्तरता दिनुका साथै शिक्षकसँगको नजिकमा रहनेछन् ।

उक्त Online Class को लागि यहाँहरुको आफ्नो तर्फबाट दैनिकरुपमा गृहकार्यहरु रुटिन अनुसार भए-नभएको (Follow) गरिदिनु होला । यहाँहरुको विशेष सहयोगको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौ ।

प्रिन्सिपल